Skip to content

नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको १२ औं वार्षिक साधारण सभा सम्पन्न

nabil bank
काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले काठमाडौं आफ्नो १२औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । यस सभामार्फत नेपाल र इटालीबिच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यावसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरिएको छ ।
सभामा माननीय संरक्षक राजेश काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित भएका छन् । एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालले नेतृत्व टोली तथा सदस्यहरूसँगै नेपालका विकास कार्य र सांस्कृतिक सम्पदा संरक्षणमा इटालीले निरन्तर पु¥याउँदै आएको सहयोगको महत्त्व उल्लेख गरे।
वार्षिक साधारण सभामा आगामी तीन वर्षका लागि श्री सञ्जय अग्रवाल पुनः अध्यक्षमा निर्वाचित हुनु भएको छ, जसले उनको नेतृत्व र चेम्बरप्रतिको दृष्टिकोणमा सदस्यहरूको निरन्तर विश्वासलाई प्रतिबिम्बित गर्दछ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले आगामी वर्षहरूका लागि एनआईसीसीआईका रणनीतिक प्राथमिकताहरू प्रस्तुत गर्दै नेपाली र इटालियन उद्यमीबिच व्यवसाय–देखि–व्यवसाय सहकार्य गहिरो बनाउने, लगानी तथा नीतिगत संवादलाई सक्रिय रूपमा सहजीकरण गर्ने, पर्यटन र सांस्कृतिक सहकार्य विस्तार गर्ने, तथा सदस्यहरूलाई ठोस मूल्य प्रदान गर्ने विश्वसनीय र कार्यमुखी चेम्बरका रूपमा एनआईसीसीआईको भुमिकालाई अझ सुदृढ गर्ने लक्ष्य रहेको बताए ।
कार्यक्रमका क्रममा भिनोद सग्तानीलाई ‘मेम्बर अफ दी यिअर २०२५’ को सम्मान प्रदान गरियो भने कल्याण सिलवाललाई ‘एनआईसीसीआई सीएसआर कम्युनिटी २०२५ अवार्ड’ प्रदान गरिएको छ ।
नेपाल र इटालीबिच व्यापार–व्यवसाय सहकार्य, लगानी सहजीकरण तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life