काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।
बलत्कारको आरोप लागेका लामिछानेले हालै मात्र उच्च अदालतबाट सफाइ पाएका थिए । अमेरिकामा हुने टि २० विश्वकप खेल्ने टोलीमा अदालतबाट सफाइ पाएपछि उनलाई सहभागी गराउने निर्णय भएको थियो ।
सन्दीपले सामाजिक सञ्जाल एक्सबाट अमेरिकाले भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् ।
And the @USEmbassyNepal did it again what they did back in 2019, they denied my Visa for the T-20 World Cup happening in USA and West Indies. Unfortunate. I am sorry to all the well wishers of Nepal Cricket. @USAmbNepal @CricketNep. https://t.co/xdBhaY6G91
— Sandeep Lamichhane (@Sandeep25) May 22, 2024
प्रतिक्रिया दिनुहोस्