Skip to content
Prabhu

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९ रुपैयाँ ०७ पैसा छ भने बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०१ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८० पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०० पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ५० पैसा र बिक्रीदर ८ रुपैयाँ ५४ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८ रुपैयाँ ४५ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३ रुपैयाँ ६७ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २० पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ३३ पैसा र बिक्रीदर २८ रुपैयाँ ४६ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२ रुपैयाँ ४४ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३० पैसा र बिक्रीदर १९ रुपैयाँ ३९ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७ रुपैयाँ ११ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ०८ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ २८ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal