काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
सरकारले आर्थिक बर्ष २०८२/८३ को १४ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
सरकारले चालु आवको ६ महिनामा ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । संकलन भएको राजस्व लक्ष्यको ८१.७५ प्रतिशत हो ।
अर्थ मन्त्रालयका अनुसार पुस महिनामा राजस्व संकलनको लक्ष्य एक खर्ब ९० अर्ब ७७ करोड रहेको थियो । जसमा १ खर्ब ७१ अर्ब ६३ करोड राजश्व संकलन भएको छ । जुन लक्ष्यको ८९.९६ प्रतिशत हो ।
सरकारले पुस ३० गते एकै दिन २० अर्ब २६ करोड राजस्व संकलन गरेको छ ।
अर्थ मन्त्रालयका अनुुसार अघिल्लो आर्थिक बर्षमा पुस महिनामा एक खर्ब ६१ अर्ब ६२ करोड राजश्व संकलन भएको थियो ।
यस्तै गत आवमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड राजस्व संकल गर्ने लक्ष्य राखेको थियो । पुस मसान्तसम्मको लक्ष्य ६ खर्ब ७२ अर्ब ८१ करोड राजस्व संकलन गर्ने रहेको थियो ।
पुस मसान्तसम्म ५ खर्ब ७६ अर्ब ४० करोड राजश्व संकलन भएको थियो । गत आवको पुस महिनामा मात्रै १ खर्ब ६१ अर्ब ६२ करोड राजस्व संकलन गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्