Skip to content
Prabhu

सुनको मूल्य तोलामा १८ सयले सस्तियो, कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं । सुनको मूल्य बिहीबार पनि घटेको छ । अघिल्लो दिन तोलामा १ सय रुपैयाँले सस्तो भएको सुनको मूल्य आज १ हजार ८ सय रुपैयाँले सस्तो भएको हो ।

नेपाल सुनचाँदी व्यवासयी महासंघले आजका लागि तोकेको सुनको मूल्य अनुसार छापावाला सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४० हजार ५ सय रुपैयाँ रहेको थियो ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै अघिल्लो दिन तेजावी सुनको मूल्य १ लाख ३९ हजार ८ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्य पनि केही घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal