Skip to content

मलेसियामा पनि बुद्ध जयन्ती मनाइयो

nabil bank

काठमाडौं । मलेसियको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासले शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औँ बुद्ध जयन्ती ९वैशाक दिवस०का अवसरमा बुधबार एक कार्यक्रम आयोजना गरियो।

गैरआवासीय नेपाली सङ्घ मलेसियाको समन्वयमा भएको कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल, मलेसियाका वरिष्ठ बौद्ध भिक्षु दातुक के श्री धम्मरत्न नायक महाथेर र गैरआवासीय नेपाली सङ्घ, मलेसियाका अध्यक्ष विनोद थापाले कार्यक्रमको शुभारम्भ गरेका थिए। मैत्री भावनाको ध्यानसत्रसमेत सञ्चालित कार्यक्रममा बुद्धको जन्मस्थल लुम्बिनीसम्बन्धी श्रव्यदृष्य र नेपाली गीत–सङ्गीत तथा कला प्रस्तुत गरिएको थियो ।

त्यस अवसरमा राजदूत पौडेलले बुद्धको जन्मस्थल लुम्बिनी नेपालीको गौरवको केन्द्र भएको बताउँदै लुम्बिनी क्षेत्र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक सङ्गठन ९युनेस्को०को विश्व सम्पदा सूचीमा रहेको जानकारी दिँदै नेपाल सरकार बृहत् लुम्बिनी क्षेत्रको पूर्ण विकास, यसको सांस्कृतिक र वास्तुकला स्मारकहरुको संरक्षण गर्न पूर्ण प्रतिबद्ध रहेको बताएको क्लालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi