Skip to content
Prabhu

१० महिनामा चोभार बन्दरगाहबाट निर्यात शून्य, करिब ८३ करोडको आयात

 

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा चोभार सुक्खा बन्दरगाहबाट करिब ८३ करोड रुपैयाँको सामान आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०÷८१ को १० महिनाको अवधिमा ८२ करोड ८६ लाख ५६ हजार रुपैयाँको वस्तु आयात भएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन देखि वैशाख मसान्तसम्म ८२ करोड ८६ लाख ५६ हजार रुपैयाँ बराबरको आयात भएको छ । चोभार सुक्खा बन्दरगाहबाट कुल आयातको ०.०६ प्रतिशत वस्तु आयात भएको छ । नेपालमा चालु आर्थिक वर्षको १० महिनामा कुल १३ खर्ब ३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको ।

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा चोभारबाट कुनै पनि वस्तु निर्यात हुन सकेन । नेपालमा कुल २९ भन्सार विन्दु र सुक्खा बन्दरगाहरुबाट अन्तर्राष्ट्रिय व्यापार भएको भन्सार विभागले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै व्यापार वीरगञ्ज भन्सारबाट हुने गरेको छ । १० महिनाको अवधिमा यो भन्सारबाट ४ खर्ब ४७ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन कुल आयातको ३४.३२ प्रतिशत हो । यस भन्सारबाट २५ अर्ब ४७ करोड रुपैयाँ बराबरको वस्त निर्यात समेत भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal