Skip to content

सुनको मूल्य तीन लाख नजिक, चाँदीमा पनि रेकर्ड ब्रेक

nabil bank

काठमाडौं । बुधबार सुनको मूल्य तीन लाख नजिक पुगेको छ भने चाँदीको मूल्य ६ हजार नजिक पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलाको १० हजार ४०० रुपैयाँले बढेर २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ ।

मंगलबार सुनको मूल्य तोलोको २ लाख ८४ हजार ७०० रुपैयाँमात्र थियो । पछिल्लो केहि समय यता सुन–चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम भएको छ ।

यसैगरी, चाँदीको मूल्य ४० रुपैयाँले बढेर ५ हजार ९२० रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ८८० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life