Skip to content

पर्वतारोहण पर्यटनः नेपाल क्यानाडा सम्बन्ध विस्तारमा महत्वपुर्ण बन्ने

nabil bank

काठमाडौं । नेपाल र क्यानाडाबीचका विविध आयामहरुको बारेमा चर्चा गर्दै नेपाल क्यानाडा सम्बन्ध विस्तारमा पर्वतारोहण पर्यटन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६१औं वर्षको स्मरण गर्दै नेपाल र क्यानडाबीचको सम्बन्धलाई अझ प्रगाढ बढाउन सरकारी र निजी स्तरमा गरिनुपर्ने प्रयासहरुका बारेमा सहभागी वक्ताहरुले चर्चा गरे । नेपाल र क्यानडाबीच सन् १९६५ मा औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

नेपाल–क्यानाडा मैत्री सांस्कृतिक संघको आयोजनामा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जी शेर्पालाई सम्मान गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल–क्यानाडाबिचको सम्बन्धका बारेमा नेपाल–क्यानाडा मैत्री सांस्कृतिक संघका सल्लाहाकार आङछिरिङ शेर्पाले कार्यपत्र प्रस्तुत गरे ।

शेर्पाले दुई देशबिचको सम्बन्ध, पर्यटन पर्वतारोहण सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रमको विषयवस्तुको बारेमा नेपाल–क्यानाडा मैत्री सांस्कृतिक संघका उपाध्यक्ष प्रा.डा. गोपाल पोख्ररेलले बताए ।

नेपाल–क्यानाडा मैत्री सांस्कृतिक समाजका सदस्य देवेश ढुंगानाले दुई देशबिचका आर्थिक, सांस्कृति, पर्यटनका बारेमा चर्चा गरे ।

नेपाल–क्यानाडा मैत्री सांस्कृतिक संघका पुर्व अध्यक्ष इन्जिनियर केशव कुँवरले निरोज मास्के नेतृत्वको नयाँ टिमले सक्रिय भएर काम गरिरहेको बताउँदै धन्यवाद दिए ।

नेपाल–क्यानाडा मैत्री सांस्कृतिक संघ अध्यक्ष मास्केले दुई देशको सम्बन्धलाई अझ बलियो बताउनको लागि संघले स्थापनाकालदेखि सांस्कृतिक, सामाजिक, आर्थिक, शैक्षिक, खेलकुद जस्ता विविध क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको बताए ।

उनले भने, ‘हाम्रो र क्यानाडाबिच सांस्कृतिक रुपमा केहि समानता छ । हामी पनि हिमाली संस्कृतिमा धनी छौं, क्यानाडा पनि हिमाली संस्कृति र सभ्यता भएको देश हो। आगामी दिनमा हामी दुबै देशको जनताबिच आपसी सम्बन्धलाई विस्तार गर्ने योजना बनाएर काम गर्नेछौं ।’

कार्यक्रमका नेपाल प्रज्ञा–प्रतिष्ठानका पुर्व कुलपति गंगाप्रसाद उप्रेतीले क्यानाडा र नेपालले विश्वस्तरका सामाजिक मुद्दामा एक भएर काम गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा सम्मानित भएका लाक्पा दोर्जी शेर्पाले मैत्री संघलाई धन्यवाद दिदैं आफुले क्यानेडियन नागरिकसँगै सगरमाथाको आरोहण गर्न पाउँदाको क्षण गर्व गर्न लायक रहेको बताए ।

शेर्पाले क्यानेडियन नागरिक लाउरी स्क्रेसलेटसँगै सगरमाथा आरोहण गरेका थिए । लाउरी स्क्रेसलेट सगरमाथा आरोहण गर्ने पहिलो क्यानेडियन नागरिक हुन्। संघले यसअघि नेपालको कीर्तिमानी अल्ट्राधावक मिरा राईलाई पनि सम्मान गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life