Skip to content
Prabhu

संसद् बैठक बस्दै, कांग्रेसको अवरोध कायमै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज विहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवायलयले आजको बैठके सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । संसद् सचिवालयले बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ । नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् ।

सहकारीको रकम अपचलनबारे कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ । र, उसले आफ्नो माग पूरा नभएसम्म संसद् चल्न नदिने बताइसकेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal