Skip to content

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम, तोलाको ३ लाख ३९ हजार माथि पुग्यो

nabil bank

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० रूपैयाँ  र  चाँदीको मूल्य सात हजार ५०५ कायम रूपैयाँ कायम भएको छ ।

आज एकै दिन सुन तोलाको २० हजार ५०० रुपैयाँले बढेको छ भने चाँदीकाे मूल्य ताेलाकाे २०५ रूपैयाँले बढेकाे छ ।

बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रूपैयाँ र  चाँदीको मूल्य ताेलाकाे  सात हजार ३०० रूपैयाँ कायम भएको थियो । यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य  तीन लाख नौ हजार ३०० रूपैयाँ र चाँदीको मूल्य छ हजार ८७० रूपैयाँ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र  चाँदीकाे मूल्य १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life