Skip to content

अमेरिकामा बस्ने नेपालीले पुनःनिर्माण कोषका लागि ९ लाख रुपैयाँ सहयोग गरे

काठमाडौं । अमेरिकामा बस्ने नेपालीहरूको सामाजिक संस्था नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासिया) ले नेपाल पुनःनिर्माण कोषका लागि करिब ९ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ।

नासियाका कोषाध्यक्ष पुरनराज खतिवडाले आज बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई ६ हजार १२८ अमेरिकी डलर बराबरको चेक हस्तान्तरण गरेका हुन। उनले उक्त रकम जेनजी आन्दोलनमा सहिद भएका युवाहरूका परिवारको राहत तथा पुनर्स्थापनाका लागि संकलन गरी सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिए।

चेक ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले विदेशमा बसेर खाई–नखाई संकलन गरिएको रकम पुनःनिर्माण कोषका लागि उपलब्ध गराएकोमा नासिया परिवारप्रति धन्यवाद ज्ञापन गरेकी छन् । उनले नेपालमा अफ्ठ्यारो पर्दा विदेशमा रहेका नेपालीहरूले गर्दै आएको सहयोगको प्रशंसा पनि गरिन ।

प्रधानमन्त्री कार्कीले भनिन, “जब यहाँ हामी समस्यामा हुन्छौँ, कुनै विपद् वा महामारी आउँछ, तपाईँहरू विदेशमा बसेर यहाँको चिन्ता गर्नुहुन्छ। खाई–नखाई रकम जम्मा गरेर सहयोग गर्नुहुन्छ। यही हो नेपालीपन। आखिर आफ्नो देश आफ्नै हुन्छ।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima