Skip to content
Prabhu

व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो । बुबा शरमान गिरीले सुरु गरेको चियाखेतीलाई अगाडि बढाएका उनको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ ।

८० रोपनी क्षेत्रफलमा फैलिएको चियाबगानलाई उहाँले यतिबेला पर्यटकीय गन्तव्य बनाउन सक्रिय भएका छन् । यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर चिया बगानभित्रै टेम्के फनपार्क तथा रिसोर्ट सञ्चालन सुरु गरेको छु’, रञ्जित गिरीले भने, ‘रिसोर्ट निर्माणपछि पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् ।’

करिब एक वर्षअघिबाट सञ्चालनमा आएको रिसोर्टमा ९० लाख रुपैयाँ लगानी गरेको छ । चियाखेतीबाट आम्दानीसँगै बगानमा पर्यटक बढाउन पनि सकिने उनको विश्वास छ ।

विसं २०७६ देखि गुरास चिया उद्योग सञ्चालन गरिरहेको उनको यो उद्योग भोजपुरमा एक्लो हो । हालसम्म चियाका लागि करिब २ करोड ५० लाख लगानी गरेका उनले आफूले उत्पादन गरेको चियाले नेपाल चिया तथा कफी विकास बोर्डबाट टे«डमार्कसमेत पाइसकेको उहाँले जानकारी दिए।

‘अग्र्यानिक चिया भएकाले देशका ठूला सहरसँगै विदेशसम्म जान थालेकाले चिया बजारीकरणमा कुनै समस्या छैन’, उनले भने । गिरीले चियाले उचित मूल्य पाएमा वार्षिक रु २५ देखि ३० लाखसम्म आम्दानी गर्न सकिने उनले बताए । उनले हाल अग्र्यानिक हरियो चिया (ग्रिनटी) प्रतिकेजी एक हजार आठ सय रुपैयाँ, कालो चिया एक हजार दुई सय रुपैयाँ र सिल्भर चिया ३० हजार रुपैयाँमा बिक्री गर्दै आएका छन् । उनले चिया उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप १७ लाख ५० हजार रुपैयाँ अनुदान पनि पाइसबेबा छन् ।

‘चियाखेतीबाट आम्दानी राम्रो छ, अब पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘चियाखेती हुने क्षेत्रफल बढाउने पनि योजना छ ।’ हाल उनको उद्योगमा पाँच जनाले रोजगारी पाइरहेका छन् ।

बगानमा उत्पादन भएको चिया एक महिनामा चार पटकसम्म टिप्न सकिने गिरीले जानकारी दिए । उनले चियाको नर्सरीसमेत आफैं गर्दै आएको छ भने किसानलाई आवश्यक परामर्श पनि दिन्छन्।

युवा व्यवसायी गिरीलाई प्रोत्साहन गर्नका लागि वडा कार्यालयका तर्फबाट सडक मर्मतका लागि ३ लाख उपलब्ध गराइएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal