काठमाडौं । गैर आवासीय नेपाली संघको १२औँ विश्व सम्मेलनको तयारीका लागि उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ ।
परराष्ट्र मन्त्रीस्तरको निर्णयअनुसार आगामी फागुन २९ देखि चैत्र २ गते सम्म नेपालमा आयोजना हुने विश्व सम्मेलनको तयारी तथा व्यवस्थापनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा परराष्ट्र मन्त्रालयले उच्चस्तरीय आयोजक समिति गठन गरेको हो ।
सम्मेलनलाई सफल, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न सरोकारवाला निकायहरूको सहभागिता सुनिश्चित गर्दै समिति गठन गरिएको जनाइएको छ ।
आयोजक समितिको अध्यक्षमा परराष्ट्र मन्त्री रहेनछन् भने सदस्यहरूमा राष्ट्रिय योजना आयोगका सदस्य, परराष्ट्र मन्त्रालयका सचिव, अर्थ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव रहेका छन् ।
यस्तै नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाका सह–सचिव, आर्थिक कूटनीति महाशाखाका सह–सचिव, नेपाल उद्योग वाणिज्य महासंघका
अध्यक्ष, नेपाल उद्योग परिषद्, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रहनेछन् ।
गैर आवासीय नेपाली संघका अध्यक्ष, डा. बद्री के.सी., अध्यक्ष महेश कुमार श्रेष्ठ र संघका प्रमुख कार्यकारी अधिकृत रहेनछन् ।








प्रतिक्रिया दिनुहोस्