Skip to content
Prabhu

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक जेठ १३ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले जेठ १३ गते आइतबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका छन् । शुक्रबार बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहले उठेर विरोध गरेका थिए । सभामुखले पटक–पटक बैठकलाई अगाडि बढाउन आग्रह गर्दा पनि उनीहरु नबसेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

नेपाली कांग्रेसले सहकारी संस्था प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ । कांग्रेसको यही अडानका कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal