काठमाडौं । इलेक्ट्रोनिक्स निर्माता टीसीएलले अत्याधुनिक एस५के क्युलेड गुगल टिभीको शृङ्खला नेपालको लागि सार्वजनिक गरेको छ।
३२(इन्च र ४३–इन्च आकारमा उपलब्ध यो टिभीले क्यूलेड प्रविधिको ज्वलन्त दृश्यानुभूति, एचभीए प्यानलको गहिरो कन्ट्रास्ट, डल्बी अडियोको समृद्ध ध्वनि र गुगल टिभीको बुद्धिमान सुविधालाई एउटै ठाउँमा समेटेको कम्पनीले जनाएको छ।
यसले आधुनिक नेपाली परिवार र युवाहरूको मनोरञ्जन आवश्यकतालाई पूरा गर्ने कम्पनीको दाबी छ। यसले विशेष गरी प्रिमियम मनोरञ्जनको खोजी गर्ने युवा पुस्ता, डिजिटल सामग्री र चलचित्र मनपर्ने परिवार, र स्मूद गेमिङ अनुभव चाहने गेमरहरूलाई लक्षित गरेको छ।
यो टिभीमा क्युलेड र एचभीए प्यानल, डल्बी अडियो, गुगल टिभी, स्टाइलिश मेटालिक डिजाइन, पूर्ण कनेक्टिभिटी र द्रुत प्रदर्शनजस्ता विशेषता छन्।











प्रतिक्रिया दिनुहोस्