काठमाडौं । आइतबार सुन–चाँदीको मूल्य बढेको छ ।
आइतबार सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९१ हजार रुपैयाँ थियो । चाँदीको मूल्य ४ हजार ७१० रुपैयाँ तोला बिक्री भएको थियो ।








प्रतिक्रिया दिनुहोस्