Skip to content

सरकारले ७ महिनामा उठायो ६ खर्ब ६५ अर्ब राजस्व, एकै महिनामा ८७ अर्ब ६६ करोड

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिनासम्ममा ६ खर्ब ६५ अर्ब २ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार सरकारले माघ २९ गतेसम्म ६ खर्ब ६५ अर्ब २ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ३.४५ प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा सरकारले ६ खर्ब ४२ अर्ब ८५ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
यस्तै सरकारले माघ मसान्तसम्म ८ खर्ब १३ अर्ब ६३ करोड १२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । सरकारले लक्ष्यको तुलनामा ८१.६१ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।
यस्तै सरकारले यो अवधिमा भन्सार महसुलतर्फ १ खर्ब ३५ अर्ब ३२ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ । सरकारले १ खर्ब ७० अर्ब ५० करोड २० लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो । यो रकम लक्ष्यको ७९.३७ प्रतिशत हो ।
यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) तर्फको १ खर्ब ९६ अर्ब ४४करोड १७ लाख रुपैयाँ राजस्व संकलन भएको छ। यो अवधिमा सरकारले २ खर्ब १७ अर्ब २१ करोड ८५ लाख रुपैयाँको सकलन गर्ने लक्ष्य राखेको थियो ।
सरकारले अन्तःशुल्क तर्फ सरकारले १ खर्ब ५ अर्ब ४३ करोड ६० लाख संकलन गरेको छ । १ खर्ब १५ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life