काठमाडौं । शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य तोलाको ३ हजार रुपैयाँ र चाँदीको मूल्य तोलाको ३४० रुपैयाँ घटेको छ।
शुक्रबार सुनको मूल्य तोलाको ३ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार यसको मूल्य तोलाको ३ लाख ६ हजार ५०० रुपैयाँ रहेको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि ३४० रुपैयाँले घटेर ५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य तोलाको ५ हजार ३४० रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्