Skip to content

उद्योग संगठन मोरङले सञ्चालनमा ल्यायो ‘इण्डष्ट्रिज एक्स्पिरियन्स जोन

nabil bank

काठमाडौं। उद्योग संगठन मोरङले नयाँ इण्डष्ट्रिज एक्स्पिरियन्स जोन, भिजनेश ईनक्यूवेशन सेन्टर र भर्चुअल प्लेटफर्म विराटबजार डटकम सञ्चालनमा ल्याएको छ।

उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेत र निर्देशक विष्णुमाया भट्टराई सहितको प्रतिनिधि मण्डलले तीनवटै प्लेटफर्म अवलोकन गरेका छन्। अवलोकनका क्रममा महानिर्देशक बस्नेतले भने, ‘यी प्लेटफर्महरूले उद्योगहरूको व्यावसायिक विकास, नवप्रवर्तन प्रदर्शन र बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछन्। सबैले अवलोकन गरी फाइदा लिनुपर्छ।’

भर्चुअल प्लेटफर्म विराटबजार डटकमलाई प्रतिनिधित्व गर्दै एक्स्पिरियन्स जोनले उद्योग वस्तुस्थिति प्रत्यक्ष अनुभव गराउन सहयोग गरेको र यसलाई नेपालको पहिलो नवीन र प्रभावकारी पहलको रूपमा मूल्यांकन गरिएको छ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए अनुसार, यी प्लेटफर्महरूले बीटुबी प्रवद्र्धन, बजार सञ्जाल विस्तार, सिकाइ र साझेदारी निर्माणका लागि स्थायी मञ्चको रूपमा काम गर्नेछन्। एक्स्पिरियन्स जोनमा उपलब्ध भिआर प्रविधिमार्फत उद्योगहरूको भर्चुअल अवलोकन सम्भव भएको छ, जसले आधुनिक प्रविधिको प्रयोगमार्फत प्रस्तुतिलाई अझ प्रभावकारी बनाएको छ।

संगठनले प्लेटफर्ममा स्थानीय उद्योगहरू, नवप्रवर्तक स्टार्टअप र महिला उद्यमीहरूको उत्पादन राख्दै उत्पादन, प्रविधि, सीप र साझेदारीको अनुभव प्राप्त गर्न सकिने स्थायी प्रदर्शनी स्थलको व्यवस्था गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi