Skip to content
Prabhu

बन्दीपुरमा ठूला होटल खुलेसँगै विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि

nabil

तनहुँ । स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा विकसित भइरहेको बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले चासो दिँदै आएको छ ।

कुल ६ अर्ब २९ करोड लागतमध्ये विभिन्न संरचना निर्माणमा हालसम्म चार अर्ब ५५ करोड रुपैयाँ लगानी भइसकेको बन्दीपुर केबलकार एण्ड टुरिजम कम्पनीले जनाएको छ ।

बन्दीपुरलाई साहसिक खेल जीपलाइनको हब बनाउन पहल थालिएको भन्दै बन्दीपुर–४ बरालथोकबाट भानु–१ नयाँबस्तीसम्म दुई हजार आठ सय मिटर दूरीमा जीपलाइन निर्माण प्रक्रिया अघि बढाइएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० कार्य सम्पन्न भइसकेको छ ।

शर्माले वातावरणीय प्रभाव मूल्याङकन (ईआइए) कार्य भइरहेको भन्दै उक्त जिपलाइन विश्वकै लामो निर्माण हुने दाबी गरे । ईआइए कार्यपश्चात् निर्माणले गति लिने उनले बर्ता ।

बन्दिपुर–४ को केबलकार चोक नजिक निर्माणधीन एक सय ४० मिटर छोटो दूरीको जीपलाइन निर्माण अन्तिम चरणमा पुगेको छ । करिब १५/२० दिनभित्रसो जीपलाइन सञ्चालनमा ल्याउने तयारी भइरहेको शर्माले जानकारी दिए । उनले भने, ‘बन्दीपुरलाई जीपलाइन र साइक्लिङिग क्षेत्रको हब बनाउने लक्ष्य राखिएको छ ।’

अध्यक्ष शर्माका अनुसार सोही वडाको केबलकार प्राङ्गणमा ८५ मिटर दूरीको स्काइ साइक्लिङिग निर्माण सम्पन्न भइसकेको छ । निर्माणधीन जिपलाइन र साइक्लिङिग एकैसाथ सञ्चालनमा ल्याइने योजना रहेको उनले जानकारी दिए।

टुरिजमले बन्दीपुर–४ केबलकार चोकस्थित तल्लो स्टेशनमा ५६ रोपनी क्षेत्रफलमा फैलिएको ‘टुरिष्ट पार्क’, अन्तर्राष्ट्रियस्तरको अत्यधुनिक रेष्टुराँ निर्माण गरी सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

निर्माणाधीन १७ तलाको पाँचतारे होटल ‘क्वीन टावर’ को करिब ९० प्रतिशत भौतिक प्रगति भएको लिमिटेडका अध्यक्ष शर्माले जानकारी दिए । ‘टुरिजमले केबलकार संरचना निर्माण गरी आंशिक सञ्चालनमा ल्याइसकेको छ । उक्त केबलकारमा २१ वटा प्यासेन्जर क्याबिन रहेका छन्’, उनले भने।

केबलकारको तल्लो स्टेशनबाट माथिल्लो स्टेशनसम्म एक हजार सात सय मिटर दूरीमा केबलकारका माध्यमबाट पाँचतारे होटलभित्र पुगेर टुङ्गिनेछ । समुद्री सतहदेखि करिब एक हजार एक सय मिटर उचाइमा उक्त होटल निर्माण गरिएको छ । टुरिजमले सबै संरचना निर्माण गरी सञ्चालनमा ल्याइएसँगै बन्दीपुरको पर्यटन क्षेत्रमा आमूलपरिवर्तन आउन सक्ने अपेक्षा गरिएको जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal