Skip to content

७ महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात, २१ अर्ब ३२ करोड बढीको स्मार्टफोन भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी भएको छ ।

भन्सार विभागका अनुसार ७ महिनाको अवधिमा ६९ अर्ब ९१ करोड २२ लाखको डिजेल आयात भएको छ । यस्तै ३८ अर्ब १३ करोड ८६ लाखको पेट्रोल र ३१ अर्ब ८५ करोड नौ लाखको खाना पकाउने ग्यास आयात भएको छ ।

यसैगरी, ३१ अर्ब ९ करोड १२ लाख बराबरको फलाम तथा फलामजन्य वस्तु, २१ अर्ब ३२ करोड ६१ लाख बराबरको स्मार्टफोन, ५९ अर्ब १३ करोड ८२ लाख बराबरको कच्चा सोयाबिन तेल, २१ अर्ब २० करोड बराबरको सुन आयात भएको छ ।

बढी निर्यात भएका वस्तुमा सोयाबिन तेल ६६ अर्ब ७८ करोड ८७ लाख बराबरको निर्यात भएको छ । अलैँची आठ अर्ब ६१ करोड २० लाख, सूर्यमुखी तेल पाँच अर्ब ७८ करोड, कार्पेट पाँच ७१ करोड ८८ लाख ६९ हजार बराबरको निर्यात भएको विभागको तथ्याङ्क छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi