Skip to content
Prabhu

यो वर्ष झण्डै एक खर्ब बेरुजु थपियो, ११ खर्ब ८३ अर्ब पुग्यो सरकारको बेरुजु

काठमाडौं । एक वर्षको अवधिमा सरकारको बेरुजु करिब १ खर्ब रुपैयाँ थपिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिबेदन अनुसार गत आर्थिक वर्ष २०७९/ ८० मा ९५ अर्ब ६० करोड २१ लाख रुपैयाँ बेरुजु थपिएको हो ।

आर्थिक वर्ष २०७९/ ०८० मा संघीय मन्त्रालय तथा निकाय मातहतका ३ हजार २७७ कार्यालयको २४ खर्ब ६१ अर्ब ११ करोड, प्रदेश मन्त्रालय तथा निकाय मातहतका १ हजार २७० कार्यालयको ३ खर्ब २३ अर्ब ३४ करोड, स्थानीय तह ७५३ मध्ये ७४६ र गत वर्षको बाँकी रहेका २ समेत ७४८ स्थानीय तहको बेरुजु ११ खर्ब ३९ अर्ब १९ करोड, २१७ समिति र अन्य संस्थाको २ खर्ब ९६ अर्ब ८५ करोड र ९३ संगठित संस्थाको ३६ खर्ब ६१ अर्ब ११ करोडसमेत ७.८ खर्व ८१ अर्ब ६० करोडको लेखापरीक्षण सम्पन्न गरिएको महालेखा परीक्षकले जानकारी दिएको छ ।

महालेखा परीक्षकको कार्यालयका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म संघ प्रदेश र स्थानीय तहसहित सबै सार्वजनिक संस्थानको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो । त्यसमध्ये नियमित गर्नु पर्ने बेरुजु ६८ प्रतिशत, असुल गर्नु पर्ने बेरुजु २४ प्रतिशत र पेश्कि बेरुजु ६ प्रतिशत रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा कुल ७८ खर्ब ८१ अर्बको लेखापरीक्षण गर्दा बेरुजु १.२ प्रतिशत देखिएको महालेखा परीक्षक तोयम रायले जानकारी दिए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal