काठमाडौं । मध्यपूर्वका देशहरुमा भइरहेको पछिल्लो घट्ना क्रमले हवाई उडान प्रभावित भएका छन् । त्यसको प्रत्यक्ष मारमा नेपाली पनि पर्ने भएको छ ।
मध्यपूर्वलाई ट्रान्जिक्ट बनाएर हुने उडानहरु प्रभावित भएका छन् । नेपालीहरु क्यानडा, अमेरिका लगायतमा देशमा यात्रा गर्दा मध्यपूर्वलाई ट्रान्जिक्ट बनाएर यात्रा गर्ने गर्दथे । अब त्यस्ता उडान समेत प्रभावित हसने देखिएको छ ।
पछिल्ला घटनाक्रम पछि नेपामा कतारमा हुने हवाई उडान बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कतारले दोहा एयरपोर्ट तत्कालका लागि बन्द गर्ने निर्णय गरेसँगै आजका लागि हुने उडान रोकिएका छन् ।











प्रतिक्रिया दिनुहोस्