Skip to content

शुक्लाफाँटा नगरपालिकाद्वारा सिँचाइका लागि अनुदानमा स्यालोट्युबवेल

nabil bank

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ का किसानलाई सिँचाइ सुविधा प्रदान गर्नका लागि चालु आवमा १३ वटा स्यालोट्युबवेल ५० प्रतिशत अनुदानमा जडान गरिएको छ । किसानलाई समूहमा आबद्ध गरी स्यालोट्युबवेल जडान गरिएको हो ।

एक समूहमा २० देखि २५ जना किसान आबद्ध छन् । वडाध्यक्ष कमल ठकुल्लाका अनुसार दातृ निकायबाट छ, वडा कार्यालयबाट पाँच र नगरपालिका कार्यालयको कृषि शाखाबाट दुई गरी १३ स्यालोट्युबवेल जडान गरिएको छ ।

ट्युबवेल जडानका लागि कूल लागतको आधा खर्च समूहले र आधा खर्च वडा, नगरपालिका र दातृ निकायले व्यहोरेका छन् । स्यालोट्युवेल जडानले १० बिघा खेतमा सिँचाइ सुविधा उपलब्ध भएको छ । ‘खेतामा सिँचाइको सुविधा नहुँदा आकासे पानीको भरमै खेती गर्नुपर्ने बाध्यता थियो’, स्थानीय किसान परमानन्द अवस्थीले भने, ‘स्यालोट्युबवेल जडान गरिएपछि समयमै धानको बीउ छर्न पाएका छौं, रोपाइँ पनि समयमै हुने भएकाले धानको उत्पादन अरु वर्षको तुलनामा अधिक हुनेमा ढुक्क छौं ।’

स्यालोट्युबवेल जडान भएका केही किसानले यस वर्षदेखि नै व्यावसायिक रुपमा तरकारी खेतीमा संलग्न भएको वडा सदस्य मनिदत्त पन्तले बताए । उनका अनुसार असैनालगायत क्षेत्रका किसानले तरकारीखेतीसँगै वसन्ते मकैखेती गरेर आम्दानी लिन थालेका छन् । सिँचाइ सुविधा भएपछि केही किसानले उखुखेतीसमेत गर्न थालेका छन् ।

किसानलाई व्यावसायिक कृषितर्फ डो¥याउनका लागि वडा कार्यालयले आगामी आवमा प्रविधि हस्तान्तरण, बीउ, मललगायतमा अनुदान दिने कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi