Skip to content

इरानका सर्वोच्च नेता खामेनीको मृत्युपछि ४० दिन राजकीय शोकको घोषणा, ७ दिन बिदा

nabil bank

काठमाडौ । इरानका इरानका सर्वोच्च नेता  आयातुल्लाह अली खामेनीको मृत्युपछि ४० दिनको राजकीय शोकको घोषणा गरिएको छ ।

इरानी सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्युपछि देशमा ४० दिनको राष्ट्रिय शोकको घोषणा गरिएको र सात दिन बिदा दिने जनाइएको छ ।

अमेरिका र इजरायलको आक्रमणमा खामेनीको मृत्यु भएको जानकारी दिएपछि इरानले शोकको घोषणा गरेको हो । इरानको सरकारी मिडियाले खामेनी अमेरिका र इजरायलको आक्रमणमा भएको उल्लेख गरेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको मृत्यु भएको दाबी गरेका थिए । त्यस्तै इजरायली अधिकारीहरूले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै भग्नावशेषबाट खामेनीको शव फेला परेको दाबी गरेका थिए ।

अमेरिका(इजरायलको संयुक्त आक्रमणमा इरानका ४० भन्दा बढी वरिष्ठ अधिकारी मारिएको दाबि गरिएको छ ।

८६ वर्षीय खामेनी इरानमा सबै राजनीतिक र धार्मिक मामिलामा अन्तिम निर्णय लिने सर्वोच्च नेता थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi