Skip to content
Prabhu

बिमा प्राधिकरणमा नेतृत्व र दक्षतामाथि महालेखाको प्रश्न

 

काठमाडौंं । महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा बिमा प्राधिकरणका जनशक्ति र नेतृत्वमा बिमासम्बन्धी दक्षता नभएको निष्कर्ष बताएको छ । महालेखाले सार्वजनिक गरेको ६१औँ प्रतिवेदनअनुसार बिमाको पहुँच वृद्धिमा निमायमक निकाय प्राधिकरणको क्षमता बाधक रहेको उल्लेख गरेको हो ।

महालेखा परीक्षकले बिमा प्राधिकरणमा दक्ष नेतृव र दक्ष जनशक्तिको अभावको कारण जुन अवस्थामा पहुँच र व्यवसाय विस्तार हुनुपर्ने हो, सो मात्रामा नभएको कुरा आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । उक्त प्रतिवेदमा बिमा व्यवसायको ठूलो सम्भावना रहे पनि बिमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८० साल असार मसान्तसम्ममा बिमाको पहुँच ४४.३८ प्रतिशत जनसङख्यामा मात्रै पुगेको छ ।

बिमाको पहुँच बढाउन बिमा गर्ने प्रचलनको प्रवद्र्धन, नियमनकारी संरचनाई दरिलो र जोखिममा आधारित अनुगमन र सुपरिवेक्षण पद्धतीको अवलम्बन गरी बिमा व्यवसायको दायरा विस्तार र अर्थतन्त्रमा यसको प्रभाव बढाउनेतर्फ सम्बद्ध पक्षको ध्यान जान जरुरी रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal