Skip to content

श्रीलङ्काले गर्यो इरानी लडाकु जहाजबाट ३२ जनाको उद्धार

nabil bank

काठमाडौं । श्रीलङ्काले इरानी “फ्रिगेट आइरिस डेना” जहाजमा मा सवार ३२ जना चालक दलका सदस्यलाई घाइते अवस्थामा उद्धार गरेको विदेश मन्त्री विजिथा हेराथले बताएका छन् ।

दुर्घटनाको कारण हालसम्म थाहा नभएको उल्लेख गर्दै हेराथले घाइतेलाई उपचारका लागि अस्पतालमा लगिएको जनाए ।

यसअघि १८० जना चालक दलका सदस्यहरु सङ्कटमा परेको सुचना जारी गरिएको जनाइएको छ ।

श्रीलङ्को रक्षा मन्त्रालयले टापुबाट करिब ४० किलोमिटर दक्षिणमा दुर्घटना ग्रस्त आइआरआइएस डेनाका अन्य चालक दलका सदस्यहरूको खोजी गरिरहेको बताएको छ ।

अधिकारीहरुलाई उदृत गर्दै एएफपीले खोजी कार्य जारी रहेता पनि बाँकी सदस्यहरूको जिवित भेटिने सम्भावना न्युन रहेको जनाएको छ ।

उद्धार कार्यका लागि श्रीलङ्काली सेनाका दुइ वटा जहाज तैनाथ गरिएको हेराथले बताउनु भएको छ ।

श्रीलङ्काको समुद्री दायित्व अनुरूप उनीहरुको उद्धार गरी उपचारका लागि अस्पतालमा लगिएको सेनाकी प्रवक्ता बुद्धिका सम्पथले बताए ।

हिन्द महासागरमा श्रीलङ्काको खोजी र उद्धार क्षेत्र भित्र रहेकाले अन्तर्राष्ट्रिय दायित्व अन्तर्गत संकटको आह्वानलाई सम्बोधन गरेको सम्पथलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

श्रीलङ्काको सेना र वायुसेना दुवैले उद्धारको फुटेज जारी नगरेको बताएका छन् भने घाइते इरानीहरूलाई उपचारको लागि ल्याइएको कारण प्रहरीले गाले अस्पताल परिसरमा सुरक्षा निगरानी बढाएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi