Skip to content
Prabhu

अर्थमन्त्री वर्षमान पुनले यी बस्तुमा बढाउने भए कर, कुनको मूल्य बढ्ला ?

 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले १९ खर्ब नजिक रहेर भोलि बजेट ल्याउने तयारी गरेका छन् ।

गत आर्थिक वर्षदेखि सरकारलाई राजस्वमा निकै ठूलो दवाव परेको छ । चालु आर्थिक वर्षमा १७ खर्ब ५१ अर्बको बजेट आएको थियो । त्यसलाई मध्यावधी समीक्षामा संसोधन गरेर १५ खर्ब ३० अर्बमात्र खर्च हुने संसोधित अनुमान गरिएको थियो ।

आगामी आर्थिक वर्षमा चालु अर्थिक वर्षको संसोधितभन्दा करिब ४ खर्बले बजेटको आकार बढ्ने तयारी गरिएको छ । यसको लागि कम्तीमा १५ खर्बजति राजस्व संकलन गर्नुपर्छ ।

उपभोग घटेको कारण राजस्वको संकलन भएको छैन । सरकारले यो पटक राजस्व बढाउनको लागि विद्युतीय सवारी साधनको कर बढाउने पक्का जस्तो छ । अर्थमन्त्रालय स्रोतले आगामी आर्थिक वर्षको लागि विद्युतीय सवारी साधनमा कर बढ्ने पक्का जस्तै भएको जानकारी दिए । १० प्रतिशतसम्म कर बढाउने तयारी सरकारको रहेको छ ।

यसबाहेक सरकारले नेगेटिभ लिष्टमा रहने विगतमा वर्षमा जस्तै मदिरा,चुरोटजन्य पदार्थको कर बढाउने छ । यसबाहेक बिलासितका बस्तुहरुको आयातमा लाग्ने कर समेत बढाउने तयारी अर्थमन्त्रालयले गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal