Skip to content
Prabhu

के हो एयर टर्बुलेन्स ? कति खतरनाक छ यो ?

एजेन्सी । गत मंगलबार सिंगापुर एयरलाइन्सको एक विमानमा यति खतरनाक टर्बुलेन्स आयो कि एक व्यक्तिको मृत्यु भयो भने केही व्यक्ति घाइते भए । ७३ वर्षे ब्रिटिस नागरिकको ज्यान के कारणले गयो यस विषयमा अहिले अनुसन्धान जारी छ । समाचारअनुसार ती व्यक्तिको मृत्यु मुटुको गति कम हुँदा भएको भन्ने छ तर यसको पुष्टि भने अझै भएको छैन ।
उक्त घटनापछि एक पटक फेरि एयर टर्बुलेन्सलाई लिएर चिन्ता बढेकोछ । विशेषज्ञहरुका अनुसार यात्री तथा विमानका चालक दलका लागि यसप्रकारका घटना निकै खतरनाक पनि हुनसक्छन् । यद्यपि टर्बुलेन्सका कारण कसैको मृत्यु भएको घटना भने धेरै छैनन् । तर कैयन विशेषज्ञहरु भने यसप्रकारका घटना बढिरहेका छन् त्यसैले अतिरिक्त सावधानी तथा सुरक्षा उपाय जरुरी देखिएको छ ।
टर्बुलेन्ससँग सम्बन्धित अहिलेसम्म भएका घटनामा धेरैजसो सामान्य नै छन् । तर विमान कम्पनीहरुले दुर्घटनालाई रोक्न तथा कम गर्नका लागि विभिन्न प्रकारका उपाय अबलम्बन गरिरहेका छन् । यद्यपि विशेषज्ञहरु भने यात्रीहरलाई अतिरिक्त सुरक्षा हुनुपर्ने माग गरिरहेका छन् ।
के हो टर्बुलेन्स ?
टर्बुलेन्स अस्थिर हावा हो । जसको गति र शक्तिबो अनुमान गर्न सकिन्न । धेरैजसो मानिसहरु खराब मौसम तथा तुफान भएको समयमा यसप्रकारका घटना देखिन्छन् । तर सबैभन्दा खतरनाक  टर्बुलेन्स तब हुन्छ जब मौसम सफा भएको हुन्छ । सफा हावामा टर्बुलेन्स धेरैजसो अधिक उचाइमा रहेको हावाको धारामा हुन्छ । जसलाई जेट स्ट्रिम भनिन्छ । यस्तो त्यो बेला हुन्छ जुन बेला हावाका दुई धारा एक आपसमा आसपास र फरक फरक रफ्तारमा बहन्छन् । यदि हावाको गतिको असमानता बढी हुन्छ तब वातावरणले यसको दबाब झेल्न सक्दैन र हावाको धारा दुई हिस्सामा बाँडिन्छ ।
फ्लोरिडाका एब्रिडल एयरोनोटिकल विश्वविद्यालयमा अप्लाइड एभिएसन साइन्स डिपार्टमेन्टका प्रमुख थोमस गिन भन्छन्, “जब जेट स्ट्रिमका आसपास हावा तीव्ररुपमा काटिन्छ तब हावाको मात्रा बढ्न सक्छ । यसले गर्दा हावामा निकै उथलपुथल मच्चिन्छ ।”
टर्बुलेन्स र विमान दुर्घटना
यसको कुनै तथ्यांक त उपलब्ध छैन । टर्बुलेन्सका कारण दुनियाँमा कति यात्री प्रभावित भए भन्ने थाहा छैन । तर केही देश आफ्नो देशमा भएका यसप्रकारको घटनाको तथ्यांक प्रकाशित गरिरहेका हुन्छन् ।
नेशनल ट्रान्सफोर्टेसन सेफ्टी बोर्डका अनुसार अमेरिकामा सन् २००९ देखि २०२२ सम्म टर्बुलेन्सका कारण १६३ मानिस घायते भएका छन् । उनीहरु कम्तीमा पनि २ दिनसम्म अस्पतालमा रहेका थिए । जसमध्ये धेरै जसो चालकदलका
सदस्य थिए । चालक दलका सदस्यहरुलाई चोटपटक लाग्ने सम्भावना धेरै हुन्छ । किनभने उनीहरु उडानका क्रममा सिटमा पेटी बाँधेर बसेको हुँदैनन् ।
जलवायू परिवर्तनको असर
वैज्ञानिकहरुले जलवायू परिवर्तनका कारयण टर्बुलेन्सका घटना बढिरहेको बताउँछन् । पछिल्लाो वर्ष जियोफिजिकल रिसर्च लेटर्स नामक पत्रिकामा प्रकाशित एक शोध पत्रमा ब्रिटेनको रिडिङ विश्वविद्यालयका वैज्ञानिकहरुले सफा हावामा हुने टर्बुलेन्स पछिल्लो दशकमा बढिरहेका छन् । वैज्ञानिहरुले आफ्नो अनुसन्धानमा  नर्थ एटलान्टिक विमानमार्गमा सन् १९७९ देखि २०२० का बीच ५५ प्रतिशत यसप्रकारका घटना बढेका छन् । किनभने उक्त उचाइमा हावा तातो हुन्छ जसका कारणगति परिवर्तन हुन्छ । सोही टिमले दुई वर्ष पहिले गरेको अध्ययनमा जलवायु परिवर्तनका कारयण आगामी दिनमा क्लिन एयर टर्बुलेन्सका घटना १४९ प्रतिशतसम्म बढ्न सक्छन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal