Skip to content

सुनको मूल्य ३७ सय रुपैयाँ घट्यो, चाँदी कति ?

nabil bank

काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको ३ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ६५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य तोलाको ३ लाख १६ हजार ९०० रुपैयाँ थियो । यसैगरी, गत शुक्रबारको बजारमा सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ६५ रुपैयाँले प्रतितोला ५ हजार ४१० रुपैयाँ कायम भएको छ । आइतबारको बजारमा चाँदी तोलाको ५ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजार चाँदी तोलाको ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi