Skip to content

गृहमन्त्री भन्छन्– मापसे नियम उल्लंघन गर्नेहरुले ट्राफिक डिउटी गर्नुपर्छ, रजस्वला भएका महिला ट्राफिक प्रहरीलाई चार दिन बिदा

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मापसे गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयम सेवक रूपमा डिउटी गर्नुपर्ने बताएका छन् । गृहमन्त्रीले सामाजिक सञ्चाल फेसबुकमा लेख्दै मापसे गर्ने र नियम उल्लंघन गर्नेहरुले स्वयम् सेवक रुपमा डिउटी गर्नुपर्ने बताएका हुन् ।

गृहमन्त्री लामिछानेले महिला ट्राफिकलाई रजस्वला हुँदा चार दिन बिदा दिइने र सो समयमा नियम उल्लंघन गर्नेहरुले स्वय सेवक रूपमा डिउटी गर्नुपर्ने उल्लेख गरेका छन् । गणतन्त्र दिवसको अवसर पारेर उपप्रधान तथा गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा लेख्दै सानो प्रयास भन्दै महिला ट्राफिकलाई रजस्वला हुँदा चार दिन बिदा दिने बताएका हुन् ।

रजस्वलाको समयमा महिला ट्राफिकलाई बिदा दिँदा उनीहरूको सट्टा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने गृहमन्त्री लामिछानेले जानकारी दिए । ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयासः अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा डिउटी गर्नुपर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ,’ गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T