Skip to content

म्यारियट होटलले घटायो ऋण, जेनजी आन्दोलनको कारण व्यापार खुम्चियो

nabil bank

काठमाडौं । काठमाडौंको नक्साल स्थित सञ्चालनमा रहेको म्यारियट होटलले आफ्नो ऋण घटाएको छ । यस होटलको सन् २०२५ मा १ अर्ब ४३ करोड ४४ लाख कर्जा लिएको छ । होटलले अघिल्लो वर्षको १ अर्ब ७४ करोड ३३ लाख रुपैयाँ बराबरको कर्जाको रेटिङ गराएको थियो ।

केयर रेटिसङ्ले होटललेको ऋणलाई यसअघिको रेटिङलाई नै निरन्तरता दिएको छ । कम्पनीले १ अर्ब ४३ करोड ४४ लाख रुपैयाँको कुल बैंक सुविधाका लागि रेटिङ गराएकामा १ अर्ब ३३ करोड ४४ लाख रूपैयाँबराबरको दीर्घकालीन कर्जाका लागि ‘ट्रिपल बी प्लस’ र १० करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि ‘ए टु रेटिङ’ पाएको छ ।

होटलले ऋण चुक्ता गर्दै लगेका कारण कुल कर्जाको सीमा घटेको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको कारण म्यारियट होटलको अकुपेन्सीसँगै म्यारियटको व्यापार भने घटेको छ । यस होटलको व्यापार ६ महिनामा १७ करोड ३० लाख रुपैयाँ बराबरले घटेको हो ।

एभरेस्ट हस्पिटालिटी एन्ड होटलले सञ्चालन गरेको म्यारियट ब्रान्डमा होटलले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ६२ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। सन् २०२४ मा यसको व्यापार १ अर्ब ७९ करोड ४० रुपैयाँ थियो ।

जेनजी आन्दोलन पछि यस होटलको अकुपेन्सी रेटमा गिरावट आएको छ । जसको कारण यस होटलको व्यापार घटेको हो । सन् २०२४ मा प्रति कोठा औसत १९ हजार ६ सय ९९ रुपैयाँ रहेकोमा सन् २०२५ मा घटेर १८ हजार १ सय ५३ रुपैयाँ कायम भएको छ ।

यसैगरी, अघिल्लो वर्षको ६७ प्रतिशतबाट घटेर ६१ प्रतिशतमा झरेको छ । यससँगै सञ्चालन नाफा पनि ३४।३९ प्रतिशतबाट घटेर ३२।२२ प्रतिशतमा सीमित भएको छ ।

सन् २०१३ मा स्थापित यो कम्पनी सन् २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । १।३५ हेक्टर क्षेत्रफलमा फैलिएको यस होटलमा २१४ वटा कोठा रहेका छन् ।

एमएस ग्रुप अफ कम्पनीको मुख्य लगानी रहेको यस होटलको अध्यक्षता समितकुमार अग्रवालले गरिरहेका छन् भने गौरव अग्रवाल प्रबन्ध निर्देशक हुन् । गौरबले एमएस ग्रुप अन्तर्गतका सबै होटल हेर्ने गर्छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi