Skip to content

जेनजी आन्दोलनमा ८४ अर्बभन्दा धेरैको क्षति, बैंकमा थुप्रिएको तरलता व्यवस्थापन गर्ने उत्तम विकल्प पुनः निर्माण (पूर्णपाठ)

nabil bank

काठमाडौं । जेनजी आन्दोलनका कारण देशभर करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको तथ्य सार्वजनिक भएको छ। अर्थमन्त्रालयले सार्वजनिक गरेको ‘जेनजी आन्दोलनको बुझाइ: मूल कारण, वास्तविकता र सबल नेपालका लागि मार्गचित्र’ प्रतिवेदनले अब पुनःनिर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याएको छ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको अर्थशास्त्र केन्द्रीय विभागले गरेको उक्त अध्ययनले प्रतिवेदनले आन्दोलनका क्रममा भएको भौतिक क्षतिपछि अहिले पुनःनिर्माणलाई तीव्रता दिने उपयुक्त समय रहेको जनाएको छ। हाल बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेको, बजारमा ऋणको माग कम देखिएको तथा ब्याजदर ऐतिहासिक रूपमा सस्तो भएकाले सरकारले बैंकिङ क्षेत्रबाट ऋण लिएर पुनः निर्माणमा लगानी गर्नु उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले यस्तो लगानीले राष्ट्रिय आयमा वृद्धि गर्ने र समग्र माग बढाएर अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने जनाएको छ। यसका साथै निजी क्षेत्रका लागि पनि अहिले पुनः निर्माणमा लगानी गर्ने उपयुक्त समय रहेको प्रतिवेदनले औंल्याएको छ। बैंकिङ क्षेत्रमा ब्याजदर सस्तो भएकाले निजी क्षेत्रले पुनः निर्माणमा लगानी बढाउन सक्ने अवस्था रहेको बताइएको छ।

त्यसैगरी नेपाल राष्ट्र बैंकले पनि निजी क्षेत्रको पुनः निर्माणका लागि सस्तो दरमा दीर्घकालीन कर्जा उपलब्ध गराउनुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। करिब १० वर्षे अवधिका कर्जा उपलब्ध गराइए निजी क्षेत्रको मनोबल बढ्ने र अर्थतन्त्र पुनः सक्रिय बन्ने अपेक्षा गरिएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi