काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा बेलायतका हेमराज शर्मा चुनिएका छन् ।
अध्यक्षका अर्का उम्मेद्वार अमेरिकाका रविन बज्राचार्यले हेमराज शर्मालाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएपछि शर्मा अध्यक्षमा निर्विरोध चुनिएका हुन् ।
अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका जापानका रोविन शेरचनले यसअघि नै उपाध्यक्षमा उम्मेद्वारी दिएका थिए । अध्यक्षमा निर्विरोध भएपछि अन्य पद पनि सहमतिमा चुनिने छन् ।
पछिल्लो ५ वर्षदेखि विवादमा पर्दै आएको एनआरएनएमा यो पटक एकता देखिएको छ । यद्यपी पूर्व अध्यक्ष शेष घले भने उपस्थित छैनन् ।
गैरआवासीय नेपाली अभियान शुरु भएपछि व्यवसायी पृष्ठभूमि नभएका शर्मा पहिलो पटक अध्यक्ष चुनिएका हुन् । अहिलेसम्मका अध्यक्षहरु व्यवसायी थिए । शर्मा बेलायतका लिबरपुल विश्वविद्यालयमा अध्यापक छन् ।











प्रतिक्रिया दिनुहोस्