काठमाडौं । आज सोमबार सुनचाँको मूल्यमा सामान्य बढोत्तरी भएको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा सय रुपैयाँले बढेर ३ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको छ ।
आइतबार ३ लाख ४ हजार ८०० रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ५ हजार २६५ रुपैयाँ कायम भएको छ । आइतबार ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।











प्रतिक्रिया दिनुहोस्