Skip to content

इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि करिब २०० अमेरिकी सैनिक घाइते

nabil bank

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक आक्रमण सुरु गरेयता करिब २०० अमेरिकी सैनिक घाइते भएका छन् ।

अमेरिकी सेनाको मध्य कमाण्डका प्रवक्ता टिम हकिंसले सोमबार यसबारे जानकारी दिएका हुन् ।

हकिंसका अनुसार घाइते सैनिकहरू बहरीन, इराक, इजरायल, जोर्डन, कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा घटनामा परेका हुन् । तीमध्ये १० जना सैनिक गम्भीर घाइते भएका छन् भने बाँकी १८० भन्दा बढी उपचारपछि फिर्ता जिम्मेवारीमा फर्किएका छन् ।

साथै पश्चिमी इराकमा अमेरिकी के–सी–१३५ इन्धन आपूर्ति विमान दुर्घटना भएको थियो। यस दुर्घटनापछि अमेरिकी सेनामा मृत्यु हुने संख्या १३ पुगेको छ ।

यो घटनाले अमेरिकी–इजरायली आक्रमणका कारण क्षेत्रीय तनाव र मानवीय चुनौतीहरू अझ बढेको देखाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi