काठमाडौं । बिहीबार सुन–चाँदीको मूल्य भारि अंकले घटेको छ । बिहीबार सुनको मूल्य तोलाको ५ हजार ४०० रुपैयाँले घटेर ३ लाख २ हजार ३०० सय रुपैयाँ कायम भएको छ ।
बुधबारको बजारमा सुनको मूल्य तोलाको ३ लाख ७ हजार ७०० रुपैयाँ रहेको थियो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलाको १४० रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ । बुधबारको बजारमा चाँदी तोलाको ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।











प्रतिक्रिया दिनुहोस्