Skip to content

मध्ये पूर्व युद्ध: अमेरिकी रक्षा विभागले ह्वाइट हाउससँग माग्यो २०० अर्ब डलर 

nabil bank

काठमाडाैं । अमेरिकी रक्षा विभाग पेन्टागनले इरानसँगको सम्भावित युद्धका लागि राष्ट्रपति भवन ह्वाइट हाउससँग ठुलो आर्थिक सहयोगको माग गरेको छ । वासिङ्टन पोस्टमा प्रकाशित समाचारअनुसार पेन्टागनले ह्वाइट हाउसलाई दुई सय अर्ब अमेरिकी डलरभन्दा बढीको बजेट विनियोजनको अनुरोध गरेको हो ।

समाचारमा वरिष्ठ प्रशासनिक अधिकारीको हवाला दिँदै भनिएको छ कि यो रकम हालसम्म इरानमा भएको अभियानको वास्तविक खर्चभन्दा धेरै ठुलो छ। मुख्य उद्देश्य खर्च भइसकेका र आवश्यक हतियारहरूको उत्पादन छिटो बढाउनु रहेको जनाइएको छ ।

पछिल्ला दुई हप्ताभर पेन्टागनले विभिन्न समयमा ‘फन्डिङ’ सम्बन्धी अनुरोधहरू पेश गरेको जानकारी पनि अखबारले दिएको छ । विशेषज्ञहरूका अनुसार यस प्रकारको रकम वृद्धिको मागले अमेरिकाको कांग्रेसमा ठुलो राजनीतिक विवाद निम्त्याउन सक्ने सम्भावना छ।

समाचार तयार पार्दा अमेरिकी रक्षा विभाग र ह्वाइट हाउस दुवैले यस विषयमा कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi