काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८९५ रुपैयाँ कायम भएको छ ।
हिजो बिहीबार एक तोला सुन तीन लाख दुई हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १० रुपैयाँ कायम भएको थियो ।
गत बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार १५० रुपैयाँ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।











प्रतिक्रिया दिनुहोस्