Skip to content

६ महिनामा यति ब्रुअरीले गर्यो ४ अर्बभन्दा धेरैको व्यापार, ३ अर्बभन्दा धेरै ऋणको रेटिङ 

nabil bank
काठमाडौं । यति ब्रुअरीले ६ महिनामा ४ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ४ अर्ब २० करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले गत आवमा ७ अर्ब ८७ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यसैगरी, कम्पनीले सन् २०२४ मा ६ अर्ब ७१ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा ६ अर्ब ६७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
यस कम्पनीले ३ अर्ब १९ करोड ४४ लाख रुपैयाँ ऋण लिएर व्यापार गरिरहेको छ ।  दीर्घकालीन कर्जाका लागि १ अर्ब २४ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ९५ करोड ४२ लाख रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीको दीर्घकालीन ऋणलाई एनफोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले आइआरएन बीबीबी प्लस र अल्पकालीन ऋणलाई आइआरएन एटू रेटिङ दिएको छ । रेटिङअनुसार सम्बन्धित कम्पनीलाई आफ्ना वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सन्दर्भमा मध्यम स्तरको सुरक्षित मानिएको छ। यस्ता कम्पनीहरूमा मध्यम खालको क्रेडिट जोखिम रहने जनाइएको छ।
कम्पनीको गत आवमा १७ प्रतिशत व्यापार बढेको थियो । कम्पनीका अनुसार गत आवमा व्यापार गरेकोमा ‘अर्ना ८’ बाट मात्रै ६३ प्रतिशत व्यापार भएको उल्लेख छ । जसमा उक्त ‘अर्ना ८’ २५ प्रतिशतले बढी परिमाणमा बिक्री भएको थियो । त्यस्तै, चालुआवको ६ महिनाको अवधिमा पनि गत आवअनुसार नै व्यापार भइरहेको जनाएको छ ।
कम्पनीले चालुआवको ६ महिनाको अवधिमा ५.८३ प्रतिशत खुद नाफा कमाएको छ । कम्पनीले गत आवमा ३.९९ प्रतिशत खुद नाफा कमाएको थियो । साथै, सन् २०२४ मा १.५९ प्रतिशत खुद नाफा कमाएको थियो । कम्पनीको कुल नगद सञ्चय ४७ करोड रुपैयाँ पुगेको छ ।
विशाल ग्रुप र एभरेष्ट ग्रुपको संयुक्त लगानी रहेको कम्पनीले अर्ना, यति, शिखर, वाइबी र किङफिसरजस्ता ब्रान्डका मदिरा बिक्री वितरण गर्दै आएको छ । यस कम्पनीमा सञ्जीव सराफको ३३.३३ प्रतिशत, जयजीव सराफको ११.६६ प्रतिशत र विशाल अग्रवालको ६.८६ प्रतिशत स्वामित्व रहेको छ ।
कम्पनीले उत्पादन गरेको मदिरा नेपालमा मात्रै नभएर भारत, जापान, अष्ट्रेलिया र अमेरिकामा पनि निर्यात गर्दै आएको छ । सन् २०१३ मा स्थापना भएको बियर कम्पनीले सन् २०१७ देखि व्यावसायिक कारोबार सुरु गरेको थियो ।
कम्पनी सन् २०२२ को मेमा पब्लिक कम्पनीको रूपमा परिणत भएको थियो । कम्पनीले सुरुमा वार्षिक १ करोड ३० लाख लिटर मदिरा उत्पादन क्षमतामा उद्योग सञ्चालनमा ल्याएको थियो । जुन अहिले क्षमता विस्तार गरी वार्षिक ४ करोड ३० लाख लिटर उत्पादन क्षमता पुगेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi