Skip to content

१२ खर्ब ८९ अर्बको आयात हुँदा १ खर्ब ९१ अर्बको निर्यात, व्यापार घाटा ११.२२ प्रतिशतले बढ्यो

nabil bank

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिनासम्ममा १२ खर्ब ८९ अर्ब २५ करोड २ लाख ३१ हजार रुपैयाँको आयात भएको छ । यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.५४ प्रतिशतले धेरै हो ।

गत आवको सोही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख ४० हजार रुपैयाँको वस्तु आयात भएको थियो ।

यो अवधिमा निर्यात २०.८३ प्रतिशतले बढेर १ खर्ब ९१ अर्ब ११ करोड २० लाख ३० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख २ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो ।

भन्सार विभागका अनुसार आयात निर्यात अनुपात ७.२४ प्रतिशतबाट घटेर ६.७५ प्रतिशत रहेको छ ।

८ महिनाको अवधिमा नेपालमा आयातको तुलनामा निर्यात न्यून हुँदा व्यापार घाटा ११.२२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi