Skip to content

निजी क्षेत्र एक हुनुपर्नेमा अध्यक्ष ढकालको जोड, पदाधिकारी सर्वसम्मत बनाउन आग्रह

काठमाडौं । नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ सरकार गठनको चरणमा निजी क्षेत्र एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।

अध्यक्ष ढकालले निजी क्षेत्र विभाजित रूपमा अघि बढ्न नहुने उल्लेख गर्दै एकताको सन्देश दिन सबै पक्ष मिलेर जानुपर्नेमा जोड दिए। उनले महासंघभित्र पदाधिकारी चयनसमेत सकेसम्म सर्वसम्मत रूपमा गर्न आग्रह गरेका छन्।

उनका अनुसार वर्तमान विधानअनुसार पद संख्या बढेकाले सबै पक्षबीच समन्वय र सहकार्य झनै आवश्यक भएको छ। ‘कम्तीमा पदाधिकारी तहमा भए पनि सर्वसम्मत हुनुपर्छ,’ उनले भने, ‘यसमा वरिष्ठ उपाध्यक्ष र पूर्व अध्यक्षहरूको विशेष भूमिका रहनेछ।’

ढकालले आफू उपाध्यक्ष रहँदा दिनेश श्रेष्ठ र ज्ञानेन्द्रसँग मिलेर शेखर गोल्छाको कार्यालयमा गरिएको सहमतिको उदाहरण स्मरण गर्दै अहिले पनि त्यही अभ्यास दोहोर्‍याउनुपर्ने बताए।

उनले पदाधिकारीहरूबीच सहमति कायम भएमा सरकारसँग निजी क्षेत्रका मागहरू स्पष्ट र प्रभावकारी रूपमा राख्न सकिने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T