Skip to content

आठ महिनामा आधा अर्बभन्दा बढीका इन्डक्सन र राईस कुकर भित्रिए, युद्धको कारण खपत अझ बढ्ने

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म नेपालमा इन्डक्सन र राईस कुकरको आयात उल्लेख्य रूपमा बढेको छ। भन्सार विभागको तथ्यांक अनुसार आठ महिनाको अवधिमा ५९ करोड ३५ लाख १ हजार रुपैयाँ बराबरका यस्ता विद्युतीय उपकरण भित्रिएका छन्।

यस अवधिमा २ लाख १२ हजार ६५३ वटा राईस  कुकर आयात भएका छन् भने १ लाख ४७ हजार ८६४ वटा इन्डक्सन चुलो नेपाल भित्रिएका छन्। राईस कुकरतर्फ मात्र २४ करोड ९३ लाख ८९ हजार रुपैयाँ बराबरको आयात भएको छ । यसबाट सरकारले ७ करोड ५ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

यसैगरी, इन्डक्सनतर्फ ३० करोड ४१ लाख १२ हजार रुपैयाँ बराबरको आयात हुँदा ४ करोड ३३ लाख ७ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।  पछिल्लो समय विश्व बजारमा देखिएको तनाव, खासगरी अमेरिका, इजरायल र इराक युद्धका घटनाक्रमले ऊर्जा आपूर्ति र इन्धन बजारमा अनिश्चितता बढाएको छ। यसको प्रत्यक्ष असर नेपालमा पर्न थालेको छ।

मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वका कारण कच्चा तेलको मूल्य अस्थिर बन्ने, ढुवानी खर्च बढ्ने तथा एलपी ग्यासको आपूर्ति प्रभावित हुन सक्ने जोखिम बढेको छ। यस्तो अवस्थामा वैकल्पिक ऊर्जाको रूपमा प्रयोग हुने इन्डक्सन चुलोप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको हो।

विद्युत् उत्पादनमा सुधार हुँदै गएको र लोडसेडिङ अन्त्य भइसकेको अवस्थाले पनि इन्डक्सनको प्रयोगलाई थप सहज बनाएको उपभोक्ताहरू बताउँछन् । युद्धका बिच राईस कुकरको माग पनि स्थिर रूपमा बढिरहेको छ।  विश्व बजारमा देखिएको तनाव चाडै समाधान नभए यसको माग अझ बढ्ने सम्भावना रहेको व्यवसायीहरूकाे बुझाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi