Skip to content

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

nabil bank

काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्व चौथो हप्तामा चलिरहदा लेबनानमा ११८ र कुवेतमा दुई सय भन्दा बढी बालबालिकाको मृत्यु भएको जनाइएको छ । रिपोर्ट गरिएका तथ्याङ्कहरूमा हिंसा जारी रहँदा प्रभावितको सङ्ख्या बढ्ने आशंका गरिएको छ ।

युद्ध सुरु भएदेखि हरेक दिन औसत लगभग ८७ जना बालबालिका मारिएका वा घाइते भएको युनिसेफका उपकार्यकारी निर्देशक टेड चाइबानको टिप्पणी गरे । उनले तत्काल शत्रुता अन्त्य, नागरिक पूर्वाधारको सुरक्षा, र निर्बाध मानवीय पहुँच सुनिश्चित गर्न सम्बन्धित पक्षलाई आह्वान गरे ।

युनिसेफले लामो हिंसा जारी रहेमा मध्यपूर्वमा गहिरो सङ्कट उत्पन्न हुने चेतावनी दिएको छ । निर्दोश बच्चाहरूको मृत्युले जनताको विश्वास कमजोर भई वैज्ञानिक क्षमतामासमेत स्थायी क्षति पुग्ने जनाइएको छ । विनाशकारी युद्धको लगभग एक महिना बितिसक्दा तेल, इन्धन र ग्यासको मूल्यवृद्धिमा विश्व अर्थतन्त्रलाई हल्लाउदै दुरगामी प्रभाव बढाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

मध्यपूर्वमा हवाई क्षेत्र, यातायात, ढुवानी मार्ग र प्रमुख मानवीय सिमाहरुमा अवरोध र बन्दले आधारभूत सामान र औषधिहरूको उपलब्धता र मूल्यसहित मानवीय सञ्चालन र व्यावसायिक आपूर्ति श्रृङ्खलालाई असर गरिरहेको जनाइएको छ ।

हर्मुजको जलक्षेत्रमा व्यापारिक जहाजहरूमा भएका आक्रमणले आधारभूत आपूर्तिको वितरणलाई खतरामा पारी खाद्यान्नको मूल्य वृद्धि र जोखिम उच्च पारेको जनाइएको छ । खाद्य सुरक्षालाई खतरामा पार्दै बजार प्रभावित भएकाले एसिया र अफ्रिकी महादेशका विकासोन्मुख देशहरूलाई सबै भन्दा बढी असर पर्ने सम्भावना रहेको उल्लेख गरिएको छ ।

द्वन्द्वको कुनै सैन्य समाधान नभएको कुरामा जोड दिँदै सङ्कट समाधान गर्न कूटनीतिक उपाय शान्तिपूर्ण समाधान र संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको कार्यान्वयन भएको उल्लेख गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi