Skip to content

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व संकलन, कुन महिना कति ?

nabil bank

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु आवको ८ महिनामा एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८८ प्रतिशत राजस्व संकलन भएको छ । उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको ८ महिनाको तुलनामा चालु आवको सोही अवधिमा १३ अर्ब ३६ करोड बढी राजस्व संकलन भएको बताए ।

चालु आवको साउनमा १८ अर्ब ४४ करोड राजस्व संकलन ग¥यो । भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब नौ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड राजस्व संकलन भएको थियो ।

यसैगरी, मङ्सिरमा २० अर्ब ८० करोड, पुुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुन १९ अर्ब ३४ करोड राजस्व संकलन भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi