Skip to content
Prabhu

बुधबारका लागि कुन विदेशी मुद्राको भाउ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३९ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २० पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९ रुपैयाँ ७५ पैसा छ भने बिक्रीदर १७० रुपैयाँ ५२ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ५३ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९० पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०० पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८ रुपैयाँ ५१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४१ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५७ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३ रुपैयाँ ६४ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३२ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ २९ पैसा र बिक्रीदर २८ रुपैयाँ ४२ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२ रुपैयाँ ६७ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०० पैसा र बिक्रीदर १७ रुपैयाँ ०८ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ९९ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ८२ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal