Skip to content

सुन–चाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । सुन–चाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलाको ४ हजार ६०० रुपैयाँले घटेको छ । यसैगरी, आज चाँदीको मूल्य पनि तोलाको १५० रुपैयाँले घटेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदी पनि घटेर ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदी तोलाको ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi