काठमाडौं । मुस्ताङ हेलिकप्टरको एएस–३५० हेलिकप्टर सम्पर्कविहीन भएको छ। काठमाडौँ–चरिकोट–ल्हाप्चा चरिकोट–काठमाडौँ उडानमा रहेको उक्त हेलिकप्टर ल्हाप्चाबाट चरिकोटतर्फ जाने क्रममा १२ः१७ बजे उडेको थियो।
हेलिकप्टरमा एक जना क्याप्टेनसहित पाँच जना यात्रु गरी जम्मा ६ जना सवार रहेका छन् । ल्हाप्चाबाट उडान भरेपछि केही समयमै हेलिकप्टरसँग सम्पर्क बिहिन भएको थियो ।
सम्बन्धित निकायहरूले हेलिकप्टरको खोजी तथा उद्धार कार्य सुरु गरेका छन्। क्याप्टेन सुरज थापाको कमान्डमा रहेको उक्त हेलिकप्टर अहिलेसम्म सम्पर्कमा नआएको प्रबन्ध निर्देशक मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले बताए ।
दोलखाको लाप्चा क्षेत्र लाङ्टाङको दक्षिण–पूर्वमा पर्छ । क्याप्टेन थापाले उडाएको मुस्ताङ एयरको नाइन एन–एएनओ हेलिकप्टरमा चार यात्रु र चालकदलका एक जना रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्