काठमाडौं । आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेर २ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।
शुक्रबार सुनको मूल्य तोलामा २ लाख ८२ हजार रुपैयाँ रहेको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
शुक्रबार तोलामा ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आज भने ४ हजार ७२० रुपैयाँमा कारोबार भएको छ ।












प्रतिक्रिया दिनुहोस्